श्री बडिमालिका प्रवास सेवा समाज भारतको दिल्ली शाखाको पहिलो कार्यसमिति चयन

नरेन्द्र साउँद/दिल्ली रानीबाग

सेवा नै मानवताको सबैभन्दा ठुलो धर्म हो भन्ने मुल उद्देश्यका साथ स्थापना भएको श्री बडिमालिका प्रवास सेवा समाज भारतको दिल्ली शाखाको पहिलो साधारण भेलाले २२ सदस्यीय कार्यसमिति चयन गरेको छ।

जसमा समाजको संयोजक तथा सल्लाहकारमा नरेन्द्र साउद,अध्यक्षमा जीवन साउद,उपाध्यक्षमा कृष्ण बडुवाल र लक्ष्मी बुढा साउद,महासचिवमा रंग बहादुर बडुवाल,सचिवमा सबिन साउद,सहसचिवमा मिना देबि साउद र कोषाध्यक्षमा राजेन्द्र साउद चयन गरिएको छ।

त्यसैगरी सदस्यहरुमा क्रमशः बिक्रम साउद,महनसिंह साउद,बिरेन्द्र साउद,जनक साउद,पदम साउद,टेक ब.साउद,सुरेन्द्र साउद,शेर ब.साउद,रमेश साउद,मदन साउद,खम्म साउद,हर्क खत्री,पदम साउद र नर ब. बडुवाल चयन भएका छ्न ।

उक्त साधारण सभाले हाम्रो समाजमा रहेका गरिब,अति बिपन्न,असाह्यलाई सहयोगार्थ हामी आगामी महिना देखि मासिक २५० प्रतिब्यक्ती भारतिय रुपैया जम्मा गरि कोष निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।

बाजुराकि एक किशोरी भारतको दिल्लीमा बेपत्ता

मङ्लबार, कार्तिक २,

परोपकारी न्यूज/ बाजुराको बुढीगंगा नगरपालिका ३ बसालीकी १५ वर्षिया किसोरी पुजा कुमारी पाध्याय भारतको राजधानी नयाँ दिल्लीबाट बेपत्ता भएकि छन् ।

किसोरी पाध्याय दिल्लीको रतन पारखबाट असोज २४ गतेबाट बेपत्ता भएको बाजुराको बडीमालिका ९ घर भई हाल भारतमा बस्दै आएका गोरख विष्टले बताएका छन् ।

विष्टका अनुसार बेपत्ता भएकि किसोरीको बुवा धुर्वराजको स-परिवार वर्षौ देखि भारतको राजधानी दिल्लीमा कर्म थलो बनाइ बस्दै आएका थिए । असोज २४ गतेका दिनदेखि बेपत्ता भएकि छोरी यतिका दिनसम्म कुनै सम्पर्कमा नआएपछि परिवारहरुमा चिन्ता बढेको छ ।
छोरी बेपत्ता भएको दिनदेखि भारतीय प्रहरी कहाँ खोजी कार्यका लागि उजुरी सहित हारगुहार गर्दा प्रहरीले पनि व्यवास्ता गरेको उनका बुवा धुव्रराज पाध्यायले बताएका छन् ।

भारतमा बेपत्ता भएकि किसोरीको खोजी गर्नका लागि भारतमा बसोबास गर्ने नेपाली संघ संस्था र संगठन लाई आग्रह गरिसकिएको गोरख विष्टले बताएका छन् । बेपात्ता भएकि किसोरी यदि कहि कतै भेटिन पुगेमा तल दिएका सम्पर्क व्यक्ति वा नजिकै प्रहरी कार्यालय मा बुझाइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं गोरख विष्टले सामाजिक संजालमार्फत आग्रह गरेका छन् ।
सम्पर्क ब्यक्ति हरु
टंक उपाध्याय – 8860892824
गोरख बिष्ट – 8447972210
नागेन्द्र जोसी – 9555636358
अर्जुन भण्डारी- 9007500642
अर्जुन बोगटी- 9654049298
हर्क रावत – 8178566135
राजेन्द्र बिष्ट – 85279 39697
तिव्र रुपमा खोजी र सहयोग को लागी
नेपाल तरुण दल भारत
सुदुरपश्चिम जनकल्याण समाज ट्रष्ट
सुदुर पश्चिम्मेलि युबा समाज
सुदूरपश्चिमेली नेपाली समाज- भारत
नेपाली जनसम्पर्क समिति भारत
हेल्पफोर नेपाल संघ दिल्ली
प्रभासी सेवा समाज भारत
दलित एकता समाज भारत
मेचि महाकाली एकता मञ्च भारत
सुर्मा देवी अपिशैपाल समाज भारत
बाजुरा दिल्ली सम्पर्क समिति भारत
बझाङ भारत सम्पर्क समिति भारत
सुन्दर सुदुरपश्चिम युवा समाज भारत
श्री बडिमालिका जन-कल्याण सेवा समिती भारत
नेष्नल लाइभ टिभि भारत
माइति इण्डिया
नेपाली राजदुतावास भारत
सुदुरपश्चिम टुर एण्ड ट्राभल्स
राप्ती टुर एण्ड ट्राभल्स
सुप्पा देउराली टुर एण्ड ट्राभल्स
पुलिस प्रशासन भारत
“सेवा नै धर्म हो”

दशै मान्नका लागि भारतको मुम्बईबाट घर आउदै गरेका ब्यक्ती बेलहिया नाका बाट बेपत्ता –

१ कार्तिक २०७८, सोमबार

नरेन्द्र साउद,

दिल्ली / दशै मान्नका लागि भारतको मुम्वईबाट घर आउँदै गरेका गुल्मीका एक ब्यक्ति वेलहिया नाकाबाट गत एक साता देखी देखि बेपत्ता भएका छन् । गुल्मीको रेसुंगा नगरपालिका –१४ पराल्मी तामटोल घर भएका ६८ वर्षीय गोमानसिङ घर्ती मगर असोज २३ गते शनिवार देखि बेपत्ता भएका हुन् ।

पराल्मी स्थित बेपत्ता घर्ति मगरकी भदैनी अमृता पेमीका अनुसार भदौ २१ गते मुम्बईबाट हिडेका उनीहरु असोज २३ गते विहान १० बजे नेपाल भित्रिएका थिए । मुम्वईबाट घर्ति मगरकी श्रीमति देउकला घर्ति, उनका कान्छा छोरा अर्जुन घर्ति सगै आएका थिए ।

त्यही क्रममा ल्याईएका सामानहरु रुजु गर्न लागेकी श्रीमति र छोराले पछाडि फर्केर हेर्दा उनलाई नदेखेर खोजतलास सुरु गरेका थिए ।

त्यस यता खोज तलास गर्ने क्रममा भारत तर्फको सुनौली बोर्डरको सिसीटिभीमा उनी भारत तर्फ लागेको देखाएको छैन् । नेपाल तर्फ बेलहिया बोर्डरको सिसिटिभी भने देखाउन नमानेको परिवारजनको गुनासो छ ।

बेपत्ताको खोजीका लागि परिवारजनले बेलहिया ईलाका प्रहरी कार्यालयमा निवेदन दिए पनि हाल सम्म खोज तलास नभए पछि सञ्चार माध्यमको सहरा लिनु परेको परिवारजनको भनाई छ ।

बेपत्ता ब्यक्तिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीको ध्यानकृष्ट गराउँदा तस्वीर सहित परिवारजन आफुलाई भेट्ने आए लगत्तै आफुले बेपत्ताको खोज तलासमा तिब्रता दिने बताए ।

बेपत्ता ब्यक्ति कालो वर्ण, भएको र सेतो कालो धर्कावाला टिसर्ट कालो पाइन्ट र हातमा घडी बाँधेका हुलिया भएको र उनलाई देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा परिवारजनको मोवाईल नम्वर ९८६१८४१७१६,९७४२३६४०७७ र ९५८२६०७५२४ मा सुचित गर्न अनुरोध गरिएको छ ।

Create your website with WordPress.com
प्रारंभ करें