दशै मान्नका लागि भारतको मुम्बईबाट घर आउदै गरेका ब्यक्ती बेलहिया नाका बाट बेपत्ता –

१ कार्तिक २०७८, सोमबार

नरेन्द्र साउद,

दिल्ली / दशै मान्नका लागि भारतको मुम्वईबाट घर आउँदै गरेका गुल्मीका एक ब्यक्ति वेलहिया नाकाबाट गत एक साता देखी देखि बेपत्ता भएका छन् । गुल्मीको रेसुंगा नगरपालिका –१४ पराल्मी तामटोल घर भएका ६८ वर्षीय गोमानसिङ घर्ती मगर असोज २३ गते शनिवार देखि बेपत्ता भएका हुन् ।

पराल्मी स्थित बेपत्ता घर्ति मगरकी भदैनी अमृता पेमीका अनुसार भदौ २१ गते मुम्बईबाट हिडेका उनीहरु असोज २३ गते विहान १० बजे नेपाल भित्रिएका थिए । मुम्वईबाट घर्ति मगरकी श्रीमति देउकला घर्ति, उनका कान्छा छोरा अर्जुन घर्ति सगै आएका थिए ।

त्यही क्रममा ल्याईएका सामानहरु रुजु गर्न लागेकी श्रीमति र छोराले पछाडि फर्केर हेर्दा उनलाई नदेखेर खोजतलास सुरु गरेका थिए ।

त्यस यता खोज तलास गर्ने क्रममा भारत तर्फको सुनौली बोर्डरको सिसीटिभीमा उनी भारत तर्फ लागेको देखाएको छैन् । नेपाल तर्फ बेलहिया बोर्डरको सिसिटिभी भने देखाउन नमानेको परिवारजनको गुनासो छ ।

बेपत्ताको खोजीका लागि परिवारजनले बेलहिया ईलाका प्रहरी कार्यालयमा निवेदन दिए पनि हाल सम्म खोज तलास नभए पछि सञ्चार माध्यमको सहरा लिनु परेको परिवारजनको भनाई छ ।

बेपत्ता ब्यक्तिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीको ध्यानकृष्ट गराउँदा तस्वीर सहित परिवारजन आफुलाई भेट्ने आए लगत्तै आफुले बेपत्ताको खोज तलासमा तिब्रता दिने बताए ।

बेपत्ता ब्यक्ति कालो वर्ण, भएको र सेतो कालो धर्कावाला टिसर्ट कालो पाइन्ट र हातमा घडी बाँधेका हुलिया भएको र उनलाई देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा परिवारजनको मोवाईल नम्वर ९८६१८४१७१६,९७४२३६४०७७ र ९५८२६०७५२४ मा सुचित गर्न अनुरोध गरिएको छ ।

श्री बडिमालिका प्रवास सेवा समाज भारत द्वारा प्रकाशित

श्री बडिमालिका प्रवास सेवा समाज भारत द्वारा सयुक्त रुपमा संचालित प्रबास सेवा न्यूज सेवा नै मानवताको सबै भन्दा ठुलो धर्म हो

टिप्पणी करे

Design a site like this with WordPress.com
प्रारंभ करें